मनाङ ङिस्याङ गाउँपालिकामा प्राथमिक उपचार सम्बन्धी तालिम सम्पन्न

हिमाली जिल्ला मनाङको मनाङ ङिस्याङ गाउँपालिकामा प्राथमिक उपचार सम्बन्धी एक दिने तालिम सम्पन्न भएको छ ।
मिति २०८२ जेठ २ गते शुक्रबारका दिन गाउँपालिका अध्यक्ष श्री कान्छा घले ज्यु को अध्यक्षता, योगदान राष्ट्रको लागि केन्द्रीय अध्यक्ष श्री ओम उप्रेती ज्युको प्रमुख आतिथ्यता, गाउँपालिका उपाध्यक्ष श्री छिरिङ गुरुङ ज्यु, निमित्त प्रमुख प्रशासकीय अधिकृत श्री नवीन क्षेत्री ज्यु, स्यास्थ्य संयोजक श्री श्री नारायण यादब ज्यु को बिशेष आतिथ्यता, वडा नं. ४ अध्यक्ष श्री कमल गुरुङ ज्यु, ९ का अध्यक्ष श्री च्योल्पा गुरुङ ज्युको आतिथ्यतामा सम्पन्न भएको हो । तालिममा जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, प्रहरी, शिक्षक लगायतको ५० जना सहभागिता थियो ।
तालिममा सस्थाका केन्द्रीय अध्यक्ष एवं अन्तर्राष्ट्रिय प्रशिक्षक ओम उप्रेती ज्यु ले प्रशिक्षण दिनुभएको थियो । उहाँले प्राथमिक उपचार भित्र समेटिने विषयहरुः बेहोस हुने, छारे रोग, अंग भंग भएमा, घाँटीमा अड्केमा, करेण्ट लागेमा, सर्पको टोकाई, रक्तश्राव, आगोले पोलेमा, विष सेवन गरेमा, पानीमा डुबेमा, किराको टोकाई, दम, लु र गर्मी लागेमा, आघात भएमा, स्वश प्रश्वास र रक्तसंचार प्रणाली, नाकबाट रगत आउने जस्ता घटनाहरुको प्राथमिक उपचार गर्ने तरिकाका बारेमा प्रयोगात्मक विधिबाट प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष श्री छिरिङ गुरुङ ज्यु, स्वास्थ्य संयोजक श्री श्रीनारायण यादव ज्यु, सहभागिको तर्फबाट श्री राज्य प्रसाद घिमिरे ज्यु, श्री रमिता डाँगी ज्युले मन्तब्य राख्नुभएको थियो ।
गाउँपालिका अध्यक्ष श्री कान्छा घले ज्युको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिृकत श्री नविन क्षेत्री ज्युले स्वागत मन्तब्य राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन श्री बेलिना थापा ज्युले गर्नुभएको थियो । कार्यक्रममा योगदान राष्ट्रको लागि केन्द्रीय सचिव विष्णु मणी भण्डारी, कोषाध्यक्ष दीर्घराज भट्टराई, प्रवक्ता हिरण्यराज उप्रेती, सदस्य ललिता अर्याल, साधारण सदस्य प्रेम लामा लगायतको उपस्थिति थियो ।

Leave a comment