योगदान राष्ट्रको लागि संस्थाले धादिङ निवासी श्री चन्द्र प्रसाद सापकोटा ज्युलाई मानार्थ सदस्य सम्मान गरेको छ ।
बैशाख २८ गते (मे ११, २०२५) आइतबारका दिन बरदुबईको ब्लु प्यालेस होटलमा आयोजित योगदान राष्ट्रको लागि अन्तर्राष्ट्रिय भेला तथा प्राथमिक उपचार सम्बन्धि जनचेतना कार्यक्रममा उक्त सम्मान प्रदान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि युएईका लागि नेपाली राजदूत महामहिम श्री तेज बहादुर क्षेत्री ज्युले सापकोटालाई अवार्ड प्रदान गर्नुभएको हो । केन्द्रीय अध्यक्ष ओम उप्रेती र युएई समिति अध्यक्ष राजु शर्माले दोसल्ला ओढाउनुभएको थियो ।
सापकोटा ४ दशकदेखि युएईमा रहेर सामाजिक कार्यमा क्रियाशील हुनुहुन्छ । उहाँको योगदानको आजीवन सदस्य समेत हुनुहुन्छ । योगदानलाई अघि बढाउन अमूल्य सहयोग गर्ने व्यक्तिको उच्च मूल्यांकन गर्दै सम्मान गरिएको जनाएको छ ।