योगदान राष्ट्रको लागि अभियानको अन्तर्राष्ट्रिय भेला तथा प्राथमिक उपचार जनचेतना कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ ।
बैशाख २८ गते (मे ११, २०२५) आइतबारका दिन बरदुबईको ब्लु प्यालेस होटलमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम योगदान राष्ट्रको लागि युएई समिति अध्यक्ष श्री राजु शर्मा ज्युको अध्यक्षता, युएईका लागि नेपाली राजदूत महामहिम श्री तेज बहादुर क्षेत्री ज्युको प्रमुख आतिथ्यतामा भएको हो ।
क्षेत्री ज्युले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । गुरु श्री निर्मल आचार्य ज्युले मन्त्र बाचन गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि महामहिम तेज बहादुर क्षेत्रीले प्राथमिक उपचार सम्बन्धि जनचेतना कार्यक्रम सबैका लागि महत्वपूर्ण रहेको बताउनुभयो । योगदानले गरेको कामको प्रशंसा गर्दै उहाँले आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताउनुभयो ।
कार्यक्रममा योगदान राष्ट्रको लागि परिकल्पनाकार, केन्द्रीय अध्यक्ष, अन्तर्राष्ट्रिय प्रशिक्षक श्री ओम उप्रेती ज्युले प्राथमिक उपचार सम्बन्धि जानकारी प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा योगदान राष्ट्रको लागि केन्द्रीय सदस्य श्री केशव प्रसाद दंगाल ज्यु, आजीवन सदस्य श्री चन्द्र प्रसाद सापकोटा ज्य्ु, गुरु श्री निर्मल आचार्य ज्यु, गुरु श्री कमल आचार्य ज्युलगायतले मन्तब्य राख्नुभएको थियो ।
कार्यक्रममा केन्द्रीय सदस्य एवं युएई समितिका सल्लाहकार पूर्ण ओली, कन्द्रीय सदस्य ललिता अर्याल, केन्द्रीय सदस्य शुशीला भट्टराई, युएई समितिका सल्लाहकार देवराज शर्मा, युएई समितिका महिला संयोजक शर्मिला कार्की, उपाध्यक्ष मुक्ति उप्रेती, आजीवन सदस्य कृष्ण प्रसाद भट्टराई, नारायण आचार्य, युएईमा रहेका विभिन्न नेपाली संघसंस्थाका अध्यक्षज्यूहरू, संस्थाका कर्मचारीज्युहरु, युएई समितिका पदाधिकारीज्युहरु, केन्द्रीय पालिका अध्यक्ष, पदाधिकारीज्युहरु, आजीवन सदस्य ज्युहरु, साधारण सदस्य ज्युहरु, स्वयंसेवकज्युहरुको उपस्थिति थियो ।
कार्यक्रमको संयोजन युएई समितिका कोषाध्यक्ष श्री भुमिराज कँडेल ज्युले गर्नुभएको थियो । कार्यक्रमको संचालन श्री बेलिना थापा ज्युले गर्नुभएको थियो ।
कार्यक्रमको अवसरमा योगदानलाई सहयोग गर्ने विभिन्न संघसंस्था र व्यक्तिहरुलाई सम्मान समेत प्रदान गरिएको थियो । यस्तै, साँस्कृतिक कार्यक्रम पनि आयोजना भएको थियो । कलाकारहरु रंजिता कुँवर, विनोद विष्ट लगायतको साँस्कृतिक प्रस्तुति रहेको थियो ।
नेपालबाट कार्यक्रमका लागि युएई जानुहुने अतिथिहरुको व्यवस्थापन ग्रिन नेपाल ट्राभल एण्ड टुरिजमले गरेको थियो ।
