‘प्राथमिक उपचार, हाम्रो सरोकार’ भन्ने नाराका साथ अघि बढेको सामाजिक संस्था योगदान राष्ट्रको लागि को अन्तरराष्ट्रिय भेला युएईमा हुँदैछ ।
यहि बैशाख २८ गते (मे ११, २०२५) का दिन बरदुबईस्थित ब्लु प्यालेस रेष्टुरेन्टमा हुने आयोजक योगदान राष्ट्रको लागि युएई समितिले जनाएको छ । समितिका अनुसार उक्त भेलामा नेपालबाट संस्थाका पदाधिकारी, सदस्य, स्वंयसेवकहरु सहभागि हुनेछन् । युएई समितिका पदाधिकारी, सदस्य, स्वयंसेवक तथा शुभचिन्तकहरु सहभागि हुने अध्यक्ष राजु शर्माले बताउनुभयो । कार्यक्रमको तयारी भइरहेको र प्रमुख अतिथि, विशेष अतिथि, अतिथिहरुलाई निमन्त्रणा गरिसकिएको बताउनुभयो ।
अन्तरराष्ट्रिय भेलामा प्राथमिक उपचार सम्बन्धि प्रशिक्षण समेत हुनेछ । संस्थाका परिकल्पनाकार, केन्द्रीय अध्यक्ष एवं अन्तरराष्ट्रिय प्रशिक्षक ओम उप्रेतीले कार्यक्रममा प्रशिक्षण दिनुहुनेछ । कार्यक्रममा सहभागिताका लागि संस्थाले सम्पूर्णमा आग्रह गरेको छ ।