योगदान राष्ट्रको लागि बुद्धशान्ति गाउँपालिका समितिद्धारा निःशुल्क पानी वितरण

झापाको बुद्धशान्ति गाउँपालिका १ स्थित बुद्ध आदर्श माध्यमिक विद्यालयको प्रागंणमा आयोजित स्वर्गिय लोकराज ढुंगाना स्मृति च्यालेन्ज कप २०८२ को फाइनलको दिन मिति २०८२ बैशाख १३ गते शनिबार खेलाडी तथा दर्शकहरुलाई निःशुल्क पानी वितरण गरिएको छ ।

योगदान राष्ट्रको लागि बुद्धशान्ति गाउँपालिका समितिले कार्यक्रममा दर्शक तथा खेलाडीका लागि निःशुल्क रुपमा पानी वितरण गरेको हो । आदर्श युवा क्लबद्धारा आयोजित प्रतियोगिताका सहभागिलाई केही रुपमा भएपनि सहज बनाउन खानेपानीको व्यवस्थापन गरिएको योगदान राष्ट्रको लागि बुद्धशान्ति गाउँपालिका समितिका अध्यक्ष बालकृष्ण खतिवडाले बताउनुभयो ।

उक्त कार्यमा अध्यक्ष खतिवडा, सचिव देविमाया तामाङ, अन्य पदाधिकारी तथा सदस्यहरुको उपस्थिति थियो । उक्त कार्यक्रममा ४० कार्टुन पानी वितरण गरिएको थियो ।

बुद्धशान्ति गाउँपालिका १ का इन्द्र अर्यालले ३ कार्टुन, बुद्धशान्ति गाउँपालिका १ का अनिल बगालेले २ कार्टुन, वडा नं. ५ का दिपक भट्टराईले २ कार्टुन, वडा नं. १ का श्रीकला केन्द्रले २ कार्टुन, वडा नं. ३ का भानु तिम्सीनाले १ कार्टुन, बुद्धशान्ति १ का कष्ण गर्तौलाले २ कार्टुन, वडा नं. ३ का युवराज कोइरालाले १ कार्टुन, वडा नं. १ का राजकुमार पाठकले १ कार्टुन, वडा नं. १ का शिवम् स्टोरले १ कार्टुन, वडा नं. १ का ओम गर्ताैलाले १ कार्टुन, वडा नं. १ का विक्रम कोइरालाले १ कार्टुन, वडा नं. १ का यशोदा दंगालले १ कार्टुन, वडा नं. १ का सुमिता रसाइलीले १ कार्टुन, देवी पौड्याल हाल विर्मामोडले ३ कार्टुन, भद्रपुरका सुरोज कट्टेलले ३ कार्टुन, बुद्धशान्ति १ का सुगम दंगालले २ कार्टुन, वडा नं. ४ का निर्मल पराजुलीले २ कार्टुन, वडा नं. ४ का टेकेन्द्र भट्टराईले १ कार्टुन पानी सहयोग गर्नुभएको थियो ।

 

Leave a comment