बनस्थलीमा प्राथमिक उपचार सम्बन्धि निःशुल्क तालिम सम्पन्न

काठमाडौंको बनस्थली, खरिबोटमा प्राथमिक उपचार सम्बन्धि निःशुल्क तालिम सम्पन्न भएको छ ।
फिनाम कुवापानी काठमाडौं समाजको आयोजना र योगदान राष्ट्रको लागि चन्द्रागिरी नगरपालिका समितिको सहकार्यमा मिति २०८२ बैशाख १३ गते शनिबारका दिन मदर्स बैंक्वेट एण्ड रेष्टुरेन्टमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा योगदान राष्ट्रको लागि केन्द्रीय कोषाध्यक्ष दीर्घराज भट्टराई र प्रवक्ता हिरण्यराज उप्रेतीले प्रशिक्षण दिनुभएको थियो । उहाँहरुले प्राथमिक उपचार भित्र समेटिने विषयहरुः बेहोस हुने, घाँटीमा अड्केमा, करेण्ट लागेमा, सर्पको टोकाई, रक्तश्राव, आगोले पोलेमा, विष सेवन गरेमा, नाकबाट रगत आउने जस्ता घटनाहरुको प्राथमिक उपचार गर्ने तरिकाका बारेमा प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा योगदान राष्ट्रको लागि पदाधिकारी, सदस्य, फिनाम कुवापानी काठमाडौं समाजका सदस्यहरुको उपस्थिति थियो ।

 

Leave a comment