झापाको बुद्धशान्ति गाउँपालिका वडा नं. १ शान्तिचोकमा आयोजना गरिएको बृहत रक्तदान कार्यक्रममा योगदान राष्ट्रको लागि बुद्धशान्ति गाउँपालिका समितिको सहभागिता रहेको छ ।
मिति २०८२ बैशाख ६ गते शनिबारका दिन परिवर्तन समाज बुधबारे बुद्धशान्ति गाउँपालिका १ झापाको आयोजना, नेपाल रेडक्रस सोसाइटी शाखा कार्यालय भद्रपुरको प्राविधिक सहयोग, नेपाल रेडक्रस सोसाइटी बुधबारे उपशाखाको संयोजन गरेको थियो ।
रक्तदान कार्यक्रममा योगदान राष्ट्रको लागि बुद्धशान्ति गाउँपालिका समिति अध्यक्ष बालकृष्ण खतिवडा, अन्य सदस्यहरुको सहभागिता थियो । रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन् ।
