योगदान राष्ट्रको लागि खैरहनी नगरपालिका समितिले नयाँबर्ष २०८२ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
चैत्र ३१ गते आइतबारका दिन स्वर्ण तारा क्लब भवन, खैरहनी नगरपालिका ५ पर्सामा कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रम नगरपालिका समिति अध्ययक्ष बालकृष्ण उप्रेतीको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा एक आपसमा शुभकामना साटासाट गरिएको थियो । कार्यक्रममा योगदान राष्ट्रको लागि संस्थाका सल्लाहकार, पूर्व जिल्ला समितिका पदाधिकारी, सदस्यहरु, स्वयंसेवकहरुको उपस्थिति थियो ।
कार्यक्रममा प्राथमिक उपचार सम्बन्धी आगामी कार्यक्रमबारे पनि छलफल भएको थियो । कार्यक्रमको सञ्चालन नगरपालिका समितिका सचिव भुवन पाठकले गर्नुभएको थियो ।
