योगदान राष्ट्रको लागि बुद्धशान्ति गाउँपालिका समितिद्धारा सरसफाई कार्यक्रम सम्पन्न

योगदान राष्ट्रको लागि बुद्धशान्ति गाउँपालिका समितिले सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।

चैत्र २१ गतेका दिन बुद्धशान्ति गाउँपालिका वडा नं. ५ को तिनकुनेमा रिद्धिसिद्धी बृद्ध चौतारीको आयोजनामा भएको पुराण कार्यक्रममा समितिले सरसफाई गरेको हो । समितिका अध्यक्ष बालकृष्ण खतिवडाको नेतृत्वमा पालिका समितिका टिमले उक्त कार्य गरेको हो ।

समितिले उक्त कार्यक्रममा ३ काटुर्न खानेपानी सहयोग समेत गरेको थियो । दिउँसोको खाजा पकाउने, बाँड्ने र सरसफाईमा सहयोग गरेको थियो ।

खाजापानको व्यवस्था भने भट्टराई बन्धुहरुले गर्नुभएको थियो । कार्यक्रम स्थलमा उल्लेख्य सहभागिता रहेको र फोहोर भएकाले टिमले सरसफाई गरेको अध्यक्ष खतिवडाले बताउनुभयो ।

 

Leave a comment