योगदान राष्ट्रको लागि काठमाडौं महानगरपालिका समितिद्धारा निःशुल्क मधुमेह र रक्तचाप मापन कार्यक्रम सम्पन्न

योगदान राष्ट्रको लागि काठमाडौं महानगरपालिका समितीले निःशुल्क रक्तचाप र मधुमेह मापन कार्यक्रम सम्पन्न गरेको छ ।

चैत्र २३ गते शनिबारका दिन काठमाडौं महानगरपालिका वडा नं. ७ स्थित चाबहिल स्तुपा परिसरमा उक्त कार्यक्रम सम्पन्न गरिएको हो । उक्त कार्यक्रममा करिव २०० जनाले सेवा लिएको योगदान राष्ट्रको लागि काठमाडौं महानगरपालिका समितिका अध्यक्ष शर्मिला थापाले बताउनुभयो ।

कार्यक्रममा योगदान राष्ट्रको लागि केन्द्रीय प्रवक्ता हिरण्यराज उप्रेतीले काठमाडांै महानगरपालिका समितिले आयोजना गरेको कार्यक्रमले स्थानीयले स्वास्थ्य जाँचको अवसर पाएको भन्दै धन्यवाद व्यक्त गर्नुभयो । प्राथमिक उपचार, हाम्रो सरोकार भन्ने नाराका साथ अघि बढेको संस्थाले नागरिक लक्षित विभिन्न स्वास्थ्य सम्बन्धि कार्यक्रम गर्दै आएको समेत बताउनुभयो । उहाँले सहभागिलाई संस्थामा जोडिएर प्राथमिक उपचार सम्बन्धि जनचेतनाको काममा लाग्न अनुरोध गर्नुभयो ।

कार्यक्रममा केन्द्रीय सदस्य नमुना पाण्डे, काठमाडौं महानगरपालिका समितिका पदाधिकारी, काठमाडौं महानगरपालिका वडा नं. ७ का जनप्रतिनिधि, स्थानीय महिला, पुरुष, बृद्धबृद्धाहरुको उपस्थिति थियो ।

कार्यक्रम सम्पन्न गर्नका सुजिल फर्मा (सुकेधारा) र पोलाइट फर्मेसी (चाबहिल) ले स्वास्थ्य सामग्रीका साथ स्वास्थ्यकर्मीको व्यवस्था गरेको थियो । शर्मिला थापा, दिनेश रुवाली, सिम्रन राउत लगायतले सेवा प्रदान गर्नुभएको थियो । काठमाडौं महानगरपालिका समितिका अध्यक्ष शर्मिला थापाले कार्यक्रमलाई सफल बनाउन उपस्थित सम्पूर्णमा धन्यवाद व्यक्त गर्नुभयो ।

Leave a comment