योगदान राष्ट्रको लागि काठमाडौं महानगरपालिका समितिद्वारा निःशुल्क प्राथमिक उपचार तालिम सम्पन्न

योगदान राष्ट्रको लागि काठमाडांै महानगरपालिका समितिको आयोजनामा प्राथमिक उपचार सम्बन्धी १ दिने तालिम सम्पन्न भएको छ ।
फागुन २४ गते शनिबारका दिन ओम समाज डेन्टल हस्पिटलको हल, चाबहिल, गोपीकृष्णमा तालिम सम्पन्न भएको हो । कार्यक्रम योगदान राष्ट्रको लागि काठमाडांै महानगरपालिका समिति अध्यक्ष शर्मिला थापाको अध्यक्षतामा र बरिष्ठ कलाकार तथा समाजसेवी निर्मल शर्माको प्रमुख आतिथ्यतामा भएको हो ।
योगदान राष्ट्रको लागि केन्द्रीय कोषाध्यक्ष दीर्घराज भट्टराई, केन्द्रीय सदस्य केशव प्रसाद दंगाल, केन्द्रीय प्रवक्ता हिरण्यराज उप्रेती, काठमाडौं महानगरपालिका समितिका मुख्य सल्लाहकार तथा आजीवन सदस्य लक्ष्मी बराल, रिमा सेवा समाजका रिमा सापकोटा, बरिष्ठ प्रहरी हवल्दार (बागी खाना) का रेखा राउत, नवजीवन परोपकार समाजका दुर्गा नाथ दाहाल, नवजागरण महिला समाजका लक्ष्मी पाण्डे न्यौपाने, विभिन्न सामाजिक संघसस्थाका सामाजिक ब्यक्तित्वहरु, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, योगदनको आजीवन सदस्यहरु, साधारण सदस्यहरु, स्वयंसेवकहरुको उपस्थित रहेको थियो ।
तालिममा योगदान राष्ट्रको लागि केन्द्रीय अध्यक्ष उप्रेतीले प्राथमिक उपचार सम्बन्धी प्रशिक्षण दिनुभएको थियो । उहाँले प्राथमिक उपचार भित्र समेटिने विषयहरुः बेहोस हुने, छारे रोग, अंग भंग भएमा, घाँटीमा अड्केमा, करेण्ट लागेमा, सर्पको टोकाई, रक्तश्राव, आगोले पोलेमा, विष सेवन गरेमा, पानीमा डुबेमा, किराको टोकाई, दम, लु र गर्मी लागेमा, आघात भएमा, स्वश प्रश्वास र रक्तसंचार प्रणाली, नाकबाट रगत आउने जस्ता घटनाहरुको प्राथमिक उपचार गर्ने तरिकाका बारेमा प्रयोगात्मक विधिबाट प्रशिक्षण दिनुभएको थियो । तालिममा विद्यालयका शिक्षक, विद्यार्थी, स्वास्थ्यकर्मी, स्थानीयहरुको उपस्थिति थियो ।
कार्यक्रमको सञ्चालन योगदान राष्ट्रको लागि काठमाडौं महानगरपालिका समितिका सचिव दिनेश रुवालीले गर्नुभएको थियो ।

Leave a comment