रुपन्देहीमा ट्राफिक नियम सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न

योगदान राष्ट्रको लागि संस्था, बुटवल उपमहानरपालिका ११ स्थित मणिमुकुन्द सेकेन्डरी स्कुल÷कलेज र ट्राफिक प्रहरीको समन्वयमा रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका र बुटवल उपमहानगरपालिकाको सिमानामा अवस्थित जैकुटी बजारमा ट्राफिक नियम सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।
फागुन २५ गते आइतबारका दिन ट्राफिक जनचेतना, दुर्घटना न्यूनीकरण र सहज यातायातको लागि कार्यक्रम गरिएको योगदान राष्ट्रको लागि बैकल्पिक केन्द्रीय सदस्य परशुराम काफ्लेले बताउनुभयो । उहाँको पहलमा कार्यक्रम भएको हो । कार्यक्रममा योगदानका स्वयंसेवक, विद्यार्थी र ट्राफिक प्रहरीको सहभागिता थियो ।

Leave a comment