मिति २०८१ फागुन १८ गते आइतबार भएको भेलाबाट खतिवडाको अध्यक्षतामा ८ सदस्यीय गाउँपालिका समिति गठन गरिएको हो । समितिको उपाध्यक्षमा रेनुका दंगाल, सचिवमा देवी तामाङ, कोषाध्यक्षमा निशान चौहान चयन हुनुभएको छ ।
सदस्यहरुमा फडिन्द्र पराजुली, मनिष आचार्य, दिपेश लामिछाने, दिपेश घिमिरे चयन हुनुभएको छ । ३ जना सदस्य पछि थप गरिने छ । कार्यक्रममा योगदान राष्ट्रको लागि केन्द्रीय अध्यक्ष ओम उप्रेती, उपाध्यक्ष राहुल कौशल, सचिव विष्णुमणी भण्डारी, कोषाध्यक्ष दीर्घराज भट्टराई, सदस्य प्रेमप्रसाद गौतम, निरोद सुवेदी, संयोग ढकाल, आजीवन सदस्य राकेशकुमार शाहलगायतको उपस्थिति थियो ।
