भीमफेदी गाउँपालिकामा सवारी दुर्घटना न्यूनीकरण सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न

योगदान राष्ट्रको लागि संस्थाको आयोजनामा मिति २०८१ फागुन १५ गते बिहीबारका दिन मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका वडा नं. १ को सडक क्षेत्रमा सवारी दुर्घटना न्यूनीकरण सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।
योगदान राष्ट्रको लागि मकवानपुरगढी गाउँपालिका समितिको समन्वयमा, मकवानपुरगढी गाउँपालिका वडा नं. ५ का अध्यक्ष दिपेश दाहालको पहलमा उक्त कार्यक्रम सम्पन्न भएको छ । सडक क्षेत्रमा निर्माण सामग्रीहरु राख्दा, सडकको अवस्था विग्रेको अवस्थामा सवारी दुर्घटनाको जोखिम हुने भन्दै यस सम्बन्धी जनचेतनाका लागि कार्यक्रम गरिएको हो ।
मकवानपुरगढी गाउँपालिका वडा नं. ५ का अध्यक्ष दिपेश दाहालले सडक विग्रेको समयमा दुर्घटनाहरु ह्ुने गरेकाले दुर्घटना न्यूनीकरण गर्न र त्यस्ता घटना घट्न नदिन मकवानपुरगढी गाउँपालिका प्रवेशद्धारमा सचेतना कार्यक्रम गरिएको बताउनुभयो । उहाँले योगदान राष्ट्रको लागि संस्थामा आवद्ध हुने प्रतिवद्धता समेत जनाउँदै राष्ट्रको लागि योगदान गर्ने काममा हातेमालो गर्ने बताउनुभयो ।
योगदान राष्ट्रको लागि केन्द्रीय अध्यक्ष ओम उप्रेतीले संस्थाले प्राथमिक उपचार सम्बन्धी जनचेतना, सवारी दुर्घटना न्यूनीकरण सम्बन्धी जनचेतनालगायतको काम गर्दै आएको बताउनुभयो । कार्यक्रममा सहभागि सबैलाई धन्यवाद व्यक्त गर्नुभयो ।
कार्यक्रममा योगदान राष्ट्रको लागि केन्द्रीय सचिव विष्णुमणी भण्डारी, कोषाध्यक्ष दीर्घराज भट्टराई, केन्द्रीय सदस्य रुपक कालिराज, हेटौंडा उपमहानरपालिका समिति अध्यक्ष बेलप्रसाद खतिवडा, मकवानपुरगढी गाउँपालिका समिति अध्यक्ष ताराप्रसाद पाण्डे, स्थानीयहरुको उपस्थिति थियो ।

Leave a comment