कात्तिक ९ गते
काठमाडौं महानगरपालिका ७ गौरीनगरमा ब्लड डोनर्स एशोसिएशन नेपाल (ब्लोदान) गोकर्णेश्वर नगर समितिको आह्वानमा योगदान राष्ट्रको लागि काठमाडौं जिल्ला समिति र नवजागरुक युवा क्लब काठमाडौं ७ गौरीनगरको आयोजना, सामुदायिक प्रहरी सेवा केन्द्र, चावहिलको सहकार्यमा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
रक्तदान कार्यक्रम विहान ८ः०० देखि दिउँसो ११ः०० बजेसम्म सञ्चालन भएको थियो । कार्यक्रममा उल्लेख्य मात्रामा सहभागिहरुले रक्तदान गरेको योगदान राष्ट्रको लागि काठमाडौं जिल्ला समितिका अध्यक्ष दुर्गा देवि काफ्ले बताउनुभयो । उहाँका अनुसार कार्यक्रममा विभिन्न क्षेत्रका, विभिन्न स्थानका व्यक्तित्वहरुको उपस्थिति थियो ।
गत असोज ११ र १२ गते गएको बाढीपहिरो र हाल ब्यापक रुपमा फैलिएको डेंगुका विरामीलाई अत्याधिक रुपमा रगत आवश्यक परेको हुनाले यो आकस्मिक रक्तदान कार्यक्रम आयोजना गरिएको योगदान राष्ट्रको लागि केन्द्रीय सदस्य एवं रक्तदान कार्यक्रमका संयोजक केशव प्रसाद दंगालले बताउनुभयो ।
रक्तदान गर्ने महानुभावहरुलाई योगदान राष्ट्रको लागि केन्द्रीय कोषाध्यक्ष दीर्घराज भट्टराई, केन्द्रीय सदस्य एवं रक्तदान कार्यक्रमका संयोजक केशवप्रसाद दंगाल, काठमाडौं जिल्ला समिति अध्यक्ष दुर्गा देवी काफ्ले, ब्लोदान गोकर्णेश्वर नगर समितिका अध्यक्ष संजय पोखरेल, नव जागरुक युवा क्लबका अध्यक्ष अमृतजङ थापालगायतले प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा योगदान राष्ट्रको लागि काठमाडौं जिल्ला समितिका बरिष्ठ सल्लाहकार लक्ष्मी बराल, जिल्ला समितिका पदाधिकारी, सदस्यहरु, ब्लोदान गोकर्णेश्वर नगर समितिका पदाधिकारी, नव जागरुक युवा क्लबका पदाधिकारी, सदस्यलगायतको उपस्थिति थियो ।
कार्यक्रममा नेपाल मेडिकल कलेज ब्लड बैंक गोकर्णेश्वर नगरपालिका ८ अत्तरखेल जोरपाटी काठमाडौंले योगदान राष्ट्रको लागि काठमाडौं जिल्ला समितिलाई प्रंशसा पत्र पनि प्रदान गरेको छ ।
प्रशंसा पत्रमा भनिएको छ, “उत्कृष्ट मानवीय सेवाबाट अभिप्रेरित भई मिति २०८१÷०७÷०९ गते रक्तदान कार्यक्रम आयोजना गरी अमूल्य सहयोग गर्नु भएकोमा योगदान राष्ट्रको लागि काठमाडौं जिल्ला समितिलाई स–धन्यवादका साथ यो प्रशंसा पत्र प्रदान गरिएको छ ।
आशा छ भविष्यमा पनि मानवीय सेवा कार्यमा निरन्तर सहयोग पु¥याउनु हुनेछ ।”
प्रशंसा पत्रमा नेपाल मेडिकल कलेज, ब्लड बैंकका रक्तसंचार विभाग प्रमुख प्रा.डा.सुजाता पुडासैनी र रक्तसंचार विभागका कार्यक्रम संयोजक सञ्जय आचार्यले हस्ताक्षर गर्नुभएको छ ।