फागुन ३ गते शनिबार ।
प्राथमिक उपचार, हाम्रो सरोकार भन्ने नाराका साथ अघि बढेको योगदान राष्ट्रको लागि संस्थाले पालिकास्तरमा समिति गठन कार्यक्रमलाई तीब्रता दिएको छ ।
यसैक्रममा संस्थाले जाजरकोट जिल्लाको कुशे गाउँपालिकामा समिति गठन गरेको छ । मिति २०८१ फागुन ३ गते शनिबारका दिन योगदान राष्ट्रको लागि संस्थाको प्रतिनिधिको प्रतिनिधित्वम कुशे गाउँपालिकाभित्र बसोबास गर्ने समाजसेवा कार्यमा इच्छुक तथा सक्रिय ब्यक्तिहरुको सहभागिता तथा उपस्थितिमा भेला बैठक बसी निराज सिंहको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरिएको छ ।
समितिको उपाध्यक्षमा किस्वर आर सी, सचिवमा नवीनकुमार सिंह, कोषाध्यक्षमा भिमराज बस्नेत चयन हुनुभएको छ । सल्लाहकारमा महेन्द्रराज शाही, प्रेस सल्लाहकारमा लोकेन्द्र सिंह, प्रवक्तामा भबिन्द्र बस्नेत चयन हुनुभएको छ ।
सदस्यहरुमा महेश सिंह, निराज शाही, निराजन सिंह, मनोज गिरी, देवि प्रसाद शर्मा रहनुभएको छ ।
योगदान राष्ट्रको लागि संस्थाको प्रतिनिधि तथा भेलामा उपस्थित ब्यक्तिहरुको छलफलमा कुशे गाउँपालिका क्षेत्रमा प्राथमिक उपचार सम्बन्धि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने तथा तालिम सन्चालन गरि एक घर, एक प्रथामिक उपचारकर्ता तयार गरि स्वास्थ्य क्षेत्रमा राष्ट्रलाई योगदान दिने उद्देश्यले कुशे गाउँपालिका क्षेत्रको लागि कुशे गाउँपालिका समिती गठन गरिएको कार्यक्रमका संयोजक एवं निर्वाचित अध्यक्ष निराज सिंहले बताउनुभयो ।