योगदान राष्ट्रको लागि चन्द्रागिरी नगर समितिको अध्यक्षमा अन्जना खड्का चयन हुनुभएको छ ।
माघ २६ गते शनिबार ओम समाज डेन्टल हस्पिटल नैकापको भवनमा भएको समिति गठन कार्यक्रमबाट खड्काको अध्यक्षतामा ७ सदस्यीय कार्य समिति चयन गरिएको हो । समितिको उपाध्यक्षमा शारदा श्रेष्ठ, सचिवमा नानु श्रेष्ठ, कोषाध्यक्षमा मिना रहनुभएको छ ।
सदस्यहरुमा कृष्णजंग थापा, सुगन्धा सिग्देल र जीवन नेपाल रहनुभएको छ । उक्त समिति गठन कार्यक्रम योगदान राष्ट्रको लागि केन्द्रीय सदस्य एवं प्रवक्ता हिरण्यराज उप्रेती र केन्द्रीय सदस्य उद्धव ढकालको उपस्थिति रहेको हो ।
हाल संस्थाले पालिका÷पालिकास्तरमा समिति गठन गर्ने कामलाई तीब्रताका साथ अघि बढाईरहेको छ । ७ सय ५३ वटै पालिकामा योगदानको समिति बनाउने र एक घर एक प्राथमिक उपचारक उत्पादन गर्ने लक्ष्यका साथ अघि बढेको छ ।