मोरङमा फागुन १६ र १७ गते प्राथमिक उपचार सम्बन्धी तालिम सञ्चालन हुँदै

योगदान राष्ट्रको लागि संस्थाले कोशी प्रदेशको मोरङ जिल्लामा प्राथमिक उपचार सम्बन्धी तालिम सञ्चालन गर्ने भएको छ ।
आगामी फागुन १६ र १७ गते दुई दिनसम्म तालिम सञ्चालन गरिने योगदान राष्ट्रको लागि केन्द्रीय अध्यक्ष ओम उप्रेतीले जानकारी दिनुभयो । उहाँका अनुसार संस्थाले बार्षिक कार्यक्रम सार्वजनिक गरे अनुरुप मोरङमा प्रदेशस्तरीय तालिम सञ्चालन गर्न लागेको हो ।
कार्यक्रममा स्वयं अध्यक्ष उप्रेतीले प्रशिक्षण दिनुहुने भएको छ । तालिममा बेहोस हुने, छारे रोग, अंग भंग भएमा, घाँटीमा अड्केमा, करेण्ट लागेमा, सर्पको टोकाई, रक्तश्राव, आगोले पोलेमा, विष सेवन गरेमा, पानीमा डुबेमा, किराको टोकाई, दम, लु र गर्मी लागेमा, आघात भएमा, स्वश प्रश्वाश र रक्तसंचार प्रणाली, नाकबाट रगत आउने समस्याको बारेमा र यसको प्राथमिक उपचारको बारेमा प्रयोगात्मक विधिबाट सिकाइनेछ ।
कार्यक्रम सुन्दरहरैँचा नगरपालिका वडा नं. ४ स्थित सिग्देल बन्धु प्रतिष्ठानमा हुने केन्द्रीय सदस्य एवं उक्त कार्यक्रमका संयोजक निरोद सुवेदीले बताउनुभयो । उहाँका अनुसार कार्यक्रममा प्रदेशभरका नागरिकले सहभागि हुन पाउनेछन् । सबैलाई उपस्थितिका लागि अनुरोध पनि गर्नुभएको छ ।

प्राथमिक उपचार, हाम्रो सरोकार भन्ने नाराका साथ अघि बढेको संस्थाले प्राथमिक उपचार सम्बन्धि जनचेतना, प्रशिक्षण, तालिम सञ्चालन गर्दै आएको छ । वि.स. २०७७ सालमा स्थापना भएको संस्थाले विभिन्न खालका सामाजिक कार्यबाट समग्र मुलुककै लागि योगदान दिन सकिन्छ भन्ने मुख्य हेतु र उद्धेश्यका साथ स्थापना गरिएको हो ।
योगदान राष्ट्रका लागि लामो समय देखि संयुक्त अरब इमिरेट्स (युएई) मा रहँदै आउनुभएका ओमप्रसाद उप्रेतीले ल्याउनुभएको धारणा हो । उप्रेती युएईमा विशेष गरि विभिन्न खालका दुर्घटना, चोटपटक, बिरामी लगायतको प्राथमिक उपचारको क्षेत्रमा सक्रिय रहँदै आउनुभएको छ । उहाँले युएईमा सिकेको ज्ञान र सिपलाई नै नेपाल भर फैलाउने र यसैमार्फत समाज अनि राष्ट्र सेवा गर्ने उद्धेश्यका साथ नेपालका अधिकांश स्थानहरुमा चरण–चरणमा प्राथमिक उपचार सम्बद्ध अभियान र कार्यक्रमहरु संचालन गरिसक्नुभएको छ ।
विशेष गरेर बेहोस भएको, छारे रोग, अंगभंग भएको, घाँटीमा अड्केको, करेण्ट लागेमा, सर्पको टोकाई, रक्तश्राव, आगोले पोलेको, बिष सेवन गरेको, हृदयघात, दम, अन्य दुर्घटना, पानीमा डुबेको, प्राकृतिक विपक्ति लगायत अन्य विभिन्न खालका जोखिममा तत्काल उपचार गर्न सकिने बिषय र अपनाउनु पर्ने प्राथमिक उपचार सम्बन्धि ज्ञानलाई देशव्यापी अभियानकै रुपमा संस्थाले सक्रिय भएर नागरिक र समाजको सेवा गर्ने ध्येय लिएको छ ।
संस्थाले छोटो समयमा केन्द्र, प्रदेश, जिल्ला÷जिल्लामा समिति गठन गरि सक्रिय र जागरुक समुह अगाडी बढाएको छ । हाल १५ हजार बढी युवा योगदान राष्ट्रको लागि संस्थामा जोडिएका छन् । युवा समिति र सञ्जाल मार्फत हरेक नागरिक र सर्वसाधारणमा प्राथमिक उपचार सेवा र सचेतना पु¥याउने लक्ष्य संस्थाको छ । संस्थाले हरेक तहमा स्वंयसेवक दस्ता खडा गरि राज्यलाई परेको आपतकालिन अबस्थामा सहयोग गर्ने तथा संस्थाद्धारा गुणस्तरीय एम्बुलेन्स सेवा सञ्चालन गर्ने लक्ष्य लिएको छ ।

Leave a comment