यूएईको बरदुबईमा नेपाली व्यवसायीलाई प्राथमिक उपचार तालिम

योगदान राष्ट्रको लागि युएई समितिको आयोजनामा बरदुबईस्थित नेपाली व्यवसायीहरुलाई प्राथमिक उपचार सम्बन्धी तालिम प्रदान गरिएको छ ।
माघ १८ गते शुक्रबार (३१ जनवरी २०२५) का दिन योगदान राष्ट्रको लागि युएई समितिका अध्यक्ष राजु शर्माको संयोजकत्वमा सम्पन्न भएको हो । तालिममा योगदान राष्ट्रको लागि केन्द्रीय अध्यक्ष तथा अन्तर्राष्ट्रिय प्रशिक्षक ओम उप्रेतीले प्रशिक्षण दिनुभएको थियो । तालिममा १७ जना सहभागी रहनुभएको थियो ।
कार्यक्रम राल्स क्लिनिक, बरदुबईमा सम्पन्न भएको थियो । कार्यक्रमको खर्च ग्रिन स्काई ट्राभल्स, बरदुबईले व्यवस्थापन गरेको थियो ।
कार्यक्रमले नेपाली व्यवसायीहरूलाई आपतकालीन अवस्थामा आवश्यक पर्ने प्राथमिक उपचारसम्बन्धी ज्ञान प्रदान गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ । योगदान राष्ट्रको लागि युएईले आगामी दिनमा पनि यस्ता उपयोगी तालिमहरू निरन्तर सञ्चालन गर्ने योजना बनाएको छ ।

 

Leave a comment