कास्कीमा प्राथमिक उपचार सम्बन्धी एक दिने तालिम सम्पन्न

योगदान राष्ट्रको लागि पोखरा महानगरपालिकाको आयोजनामा पोखरा महानगरपालिका वडा नं. १९ लामाचौर स्थित नव आदर्श सामुदायिक समाजको भवनमा प्राथमिक उपचार सम्बन्धी एक दिने तालिम सम्पन्न गरेको छ ।
पुष २३ गते मंगलबारका दिन तालिम सञ्चालन गरिएको हो । कास्की जिल्ला अध्यक्ष बिमला आचार्य ज्युको अध्यक्षता तथा पोखरा महानगरपालिका वडा नं. १९ वडा अध्यक्ष पुष्पेन्द्र पाण्डे ज्युको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । तालिममा ९१ जनाले सहभागिता जनाएका थिए ।
३९ जना महिला स्वयंसेविका ज्युहरुको उपस्थित रहेको थियो । योगदान राष्ट्रको लागि केन्द्रीय अध्यक्ष एवं अन्तर्राष्ट्रीय प्रशिक्षक ओम उप्रेती ज्युले तालिममा प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा योगदान राष्ट्रको लागि कास्की जिल्ला सचिव नेत्र ढकाल ज्युले कार्यक्रम प्रस्तुत गर्नुभएको थियो भने उपाध्यक्ष तारा अधिकारी ज्यु, सदस्य प्रकाश गुरुन्ग ज्यु, सदस्य दुर्गा गिरी ज्यु को उपस्थित रहेको थियो । सदस्य प्रताप भण्डारी ज्यु ले कार्यक्रम को संयोजक गर्नु भएको थियो ।

Leave a comment