काठमाडौं जिल्लाको नैकापस्थित ओम समाज डेन्टल हस्पिटलमा प्राथमिक उपचार सम्बन्धी तालिम सम्पन्न

काठमाडौंको नैकापस्थित ओम समाज डेन्टल हस्पिटलमा प्राथमिक उपचार सम्बन्धी एक दिने तालिम सम्पन्न भएको छ ।
योगदान राष्ट्रको लागि संस्थाको प्राविधिक सहयोगमा पुष २५ गते बिहीबार विहान हस्पिटल भवनको योगा हल (सान कलेज सभाहल) मा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा योगदान राष्ट्रको लागि केन्द्रीय अध्यक्ष एवं अन्तर्राष्ट्रिय प्रशिक्षक ओम उप्रेतीले प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रम लायन्स क्लब अफ काठमाडौं इन्द्र अन्नपूर्ण योगाको आयोजना र इन्द्र अन्नपूर्ण योग केन्द्रको सहआयोजनामा भएको हो । कार्यक्रममा बाक्लो उपस्थिति रहेको थियो ।

Leave a comment