चितवनको पर्सामा प्राथमिक उपचार सम्बन्धि जनचेतनामुलक कार्यक्रम सम्पन्न

चितवन जिल्लाको खैरहनी नगरपालिका वडा नं. ६ पर्सामा प्राथमिक उपचार सम्बन्धि जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।
योगदान राष्ट्रको लागि खैरहनी नगर कमिटीको आयोजनामा भाद्र २९ गते शनिबारका दिन विश्व प्राथमिक उपचार दिवसको अवसरमा कार्यक्रम गरिएको हो । नगर कमिटी अध्यक्ष बालकृष्ण उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा योगदान राष्ट्रको लागि चितवन जिल्ला समितिका अध्यक्ष एकराज बुर्लाकोटी, उपाध्यक्ष सुरेन्द्र धिताललगायतको प्राथमिक उपचार सम्बन्धि प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा योगदान राष्ट्रको लागिका सदस्यहरु, विभिन्न टोल विकास संस्थाका सदस्यहरुको उपस्थिति थियो । सोही अवसरमा योगदान राष्ट्रको लागि अम्बिका सुवेदीको अध्यक्षतामा ९ सदस्यीय खैरहनी नगरपालिका वडा नं. ६ समिति गठन गरिएको छ । वडा समितिको उपाध्यक्षमा राज कुमार उप्रेती, सचिवमा मन्दिरा तिमिल्सिना भट्ट, कोषाध्यक्षमा ज्योति ठकुरी, सहसचिवमा भवानी गौली रहनुभएको छ । सदस्यहरुमा पुरेन्द्र प्रसाद डल्लाकोटी, गंगा ढकाल, सविना रिमाल, सिसम महत्तो रहनुभएको छ ।
कार्यक्रमको सञ्चालन योगदान राष्ट्रको लागि खैरहनी नगर सचिव भुवन पाठकले गर्नुभएको थियो ।

Leave a comment