युएईमा प्राथमिक उपचार तथा रेमिट्यान्स सचेतना कार्यक्रम

योगदान राष्ट्रको लागि युएई समितिको आयोजनामा बरदुबईमा प्राथमिक उपचार सम्बन्धि जनचेतना तथा रेमिट्यान्स सम्बन्धि जनचेतना कार्यक्रम सम्पन्न भएको छ ।

असोज २० गते आइतबारका दिन अस्ट्रोरिया होटल याक एण्ड यति एभरेष्टमा कार्यक्रम सम्पन्न भएको हो । युएई समितिका अध्यक्ष श्री दिवस चापागाई ज्युको अध्यक्षतामा कार्यक्रम भएको कार्यक्रममा नेपाली समाज युएईका अध्यक्ष श्री बेद प्रसाद अर्याल ज्युको प्रमुख आतिथ्यता थियो ।

कार्यक्रममा चर्चित नायक श्री निखिल उप्रेती ज्यु, हास्यव्याङ्ग कलाकार श्री सुमन कार्र्की ज्यु र गायिका श्री एन्जिला रेग्मि ज्युलगायतको बेजोड प्रस्तुति समेत रहेको थियो । कार्यक्रममा योगदान राष्ट्रको लागि केन्द्रीय अध्यक्ष एवं प्राथमिक उपचार सम्बन्धि अन्तराष्ट्रिय प्रशिक्षक श्री ओम प्रसाद उप्रेती ज्युले प्राथमिक उपचार सम्बन्धि प्रशिक्षण गराउनुभएको थियो ।

कार्यक्रममा योगदान राष्ट्रको लागि युएई समितिका पदाधिकारी, सदस्य, आजीवन सदस्यहरु, युएई बासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुको उपस्थिति थियो ।

Leave a comment