योगदान राष्ट्रको लागि (कंचनपुर) भिमदत्त नगर समिति गठन सम्पन्न

योगदान राष्ट्रको लागि संस्थाले पालिका समिति गठन गर्ने क्रममा कंचनपुर जिल्लाको भिमदत्त नगरपालिकामा समिति गठन गरेको छ ।
भिमदत्त नगरपालिका वडा नं. ४ को सभाहलमा फागुन ५ गते सोमबारका दिन भएको भेलाले जोसना विष्ट खड्का ज्युको अध्यक्षतामा १७ सदस्यीय कार्य समिति चयन गरिएको हो । समितिको उपाध्यक्षमा भागरती विष्ट ज्यु, सचिवमा सम्झना सिंह ज्यु, कोषाध्यक्षमा पार्वती खत्री ज्यु रहनुभएको छ ।
सदस्यहरुमा अमर तिरुवा ज्यु, गोदावरी क्षेत्री भण्डारी ज्यु, विक्रम डगौरा ज्यु, हिमाल शाही ज्यु, नर्मदा गिरी ज्यु, आशा तिरुवा ज्यु, सुशिला धामी ज्यु, मञ्जुपाल चन्द ज्यु, सन्दिप समर्पण ज्यु, लक्ष्मी पन्त ज्यु, कमला बम ज्यु, सुनिता खडावत ज्यु र शिवानी पन्त ज्यु रहनुभएको छ ।
समिति गठन कार्यक्रम योगदान राष्ट्रको लागि बैकल्पिक केन्द्रीय सदस्य गंगा विष्ट ज्युको विशेष उपस्थितिमा भएको हो ।
भिमदत्त नगरपालिका समितिमा निर्वाचित अध्यक्षज्यु लगायत सम्पूर्ण पदाधिकारीज्युहरु, सदस्यज्युहरुमा हार्दिक बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दछौं ।
Leave a comment