भक्तपुर नगरपालिका ४, भुँलचा भक्तपुरमा प्राथमिक उपचार सम्बन्धी एक दिने तालिम सम्पन्न भएको छ ।
पुष २५ गते बिहीबारका दिन योगदान राष्ट्रको लागि को आयोजना र गोकर्णेश्वर नगर समितिको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमको अध्यक्षता गोकर्णेश्वर नगर अध्यक्ष कृष्ण चौलागाई ज्यु ले गर्नु भएको थियो भने कार्यक्रम गोकर्णेश्वर नगर सदस्य रेबता श्रेष्ठ ज्यु ले सन्चालन गर्नु भयो । कार्यक्रममा केन्द्रीय सचिव बिष्णु भण्डारी ज्यु, केन्द्रीय कोषाध्यक्ष दीर्घराज भट्टराई ज्यु, केन्द्रीय सदस्य नमूना पान्डे ज्यु, केन्द्रीय सदस्य उद्धव ढकाल ज्यु को उपस्थित रहेको थियो ।

