सामाजिक संस्था योगदान राष्ट्रको लागिले बार्षिक कार्यक्रम सार्वजनिक गरेको छ । संस्थाले सन् २०२५ भित्र सञ्चालन गरिने कार्यक्रम सार्वजनिक गरेको हो । संस्थाका अध्यक्ष ओम प्रसाद उप्रेतीका अनुसार संस्थाले आयोजना गर्ने राष्ट्रिय तथा प्रदेशस्तरीय कार्यक्रम सार्वजनिक गरिएको हो ।
राष्ट्रिय कार्यक्रम ६ वटा र प्रदेशस्तरीय कार्यक्रम ७ वटा रहेका छन् । प्रदेशस्तरीय कार्यक्रममा २०८१ फागुन महिनामा प्रदेश नं. १ को मोरङमा प्राथमिक उपचार सम्बन्धी २ दिने तालिम सञ्चालन गरिने छ । २०८१ चैतमा प्रदेश नं. २ को जनकपुरमा प्राथमिक उपचार सम्बन्धी २ दिने तालिम, २०८२ को बैशाखमा प्रदेश नं. ३ को हेटौंडामा प्राथमिक उपचार सम्बन्धी २ दिने तालिम, जेठमा प्रदेश नं. ४ को पोखरामा प्राथमिक उपचार सम्बन्धी २ दिने तालिम सञ्चालन गरिने छ ।
असारमा प्रदेश नं. ५ को दाङ तुलसीपुरमा प्राथमिक उपचार सम्बन्धी २ दिने तालिम, भदौमा प्रदेश नं. ६ को सुर्खेत विरेन्द्रनगरमा प्राथमिक उपचार सम्बन्धी २ दिने तालिम र असोजमा प्रदेश नं. ७ को कंचनपुरमा प्राथमिक उपचार सम्बन्धी २ दिने तालिम सञ्चालन गरिने संस्थाले जनाएको छ ।
यस्तै, राष्ट्रिय कार्यक्रममा २०८२ को असोजमा काठमाडौंमा प्राथमिक उपचार सम्बन्धी एक दिने तालिम र केन्द्रीय साधारण सभा कार्यक्रम हुने छ । भदौमा रुपन्देही जिल्लाको बुटवलमा प्राथमिक उपचार दिवस तथा २ दिने प्राथमिक उपचार तालिम सञ्चालन गरिने प्रवक्ता हिरण्यराज उप्रेतीले बताउनुभयो । मंसिरमा ललितपुर जिल्लामा २ दिने प्राथमिक उपचार तालिम, पौषमा भक्तपुर जिल्लामा २ दिने प्राथमिक उपचार तालिम तथा राष्ट्रिय भेला सञ्चालन गरिने छ ।
चैतमा चितवन जिल्लामा वाटर रेस्क्यू सम्बन्धी २ दिने तालिम, काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा २ दिने प्राथमिक उपचार सम्बन्धी तालिम सञ्चालन गरिने छ । योगदान राष्ट्रको लागि ले सञ्चालन गर्ने कार्यक्रमको मुख्य प्रायोजकको रुपमा सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड रहेको छ । प्रायोजकमा ओम समाज डेन्टल हस्पिटल र मिडिया पार्टनरमा पालिका टेलिभिजन रहेको छ ।