योगदान राष्ट्रको लागि संस्थाको चौथों बार्षिक साधारण सभा भब्यताका साथ सम्पन्न

काठमाडौं । असोज ५ गते शनिबार ।
योगदान राष्ट्रको लागि संस्थाको चौथों बार्षिक साधारण सभा भब्यताका साथ सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष ओम प्रसाद उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलको प्रमुख आतथ्यता थियो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै पौडेलले संस्थाले प्राथमिक उपचार सम्बन्धि जनचेतना, तालिम लगायतको कार्यक्रम गर्दैै आउनु सराहनीय काम रहेको बताउनुभयो । कुनै पनि नागरिकले आफ्नो देशप्रती जिम्मेवार रहि सामाजिक क्षेत्रमा गर्नु पर्ने काम उक्त योगदानले गरेको भन्दै धन्यवाद ज्ञापन गर्नुभयो ।
योगदान राष्ट्रको लागि संस्थाको नामै काफी भएको बताउँदै उक्त अभियानबाट नागरिक स्तरमा प्राथमिक उपचारको सेवा प्रवाहमा सहज हुने बताउनुभयो । यो संगै उहाँले संंस्थाले गरेको काममा नेपाल सरकार तथा स्वास्थ्य मन्त्रालयको तर्फबाट आफूले सक्ने सहयोग गर्ने आश्वासन दिनुभयो ।
शनिबार चाबहिलको ओम समाज डेन्टल हस्पिटलको सभाहलमा भएको कार्यक्रममा विशेष अतिथि चर्चित नायक लिखिल उप्रेतीले संस्थाको कामको प्रशंसा गर्दै मानिसलाई आपतकालीन दुर्घटनाबाट जोगाउन हरेक व्यक्तिमा सचेतनात्मक तालिमको आवश्वक पर्ने जिकिर गर्नुभयो । कुनैपनि दुर्घटनामा गलत व्यक्ति प्राथमिक उपचारकको रुपमा पुग्दा स्थिति भयानक बन्न सक्ने उल्लेख गर्नुभयो । उहाँले संस्थाका अध्यक्ष ओम उप्रेतीको तारिफ गर्दै संस्थाको टिमले हरेक व्यक्तिलाई प्राथमिक उपचार बारे कुशलता पूर्वक तालिम प्रदान गर्न आग्रह गर्नुभयो ।
विशेष अतिथि चर्चित नायक रमेश उप्रेतीले योगदान राष्ट्रको लागि संस्थाले सरकारले गर्नुपर्ने काम आफैं गर्दै आएको भन्दै प्रंशसा गर्नुभयो । योगदान संगसंगै आफ पनि हिँड्ने बताउनुभयो । कार्यक्रममा बोल्दै बरिष्ठ पत्रकार ऋषि धमलाले समाजमा राम्रो काम गर्ने मान्छेहरू पनि छन् भन्ने उदाहरणको रुपमा योगदान राष्ट्रको लागि संस्था र पदाधिकारीहरु रहेकाले धन्यवाद दिनुभयो । उहाँले योगदानको अभियानमा सधैं साथ र सहयोग रहने बताउनुभयो ।
कार्यक्रममा संस्थाका स्वास्थ्य संयोजक एवं ओम समाज डेन्टल हस्पिटलका अध्यक्ष डा. सुवास घिमिरे, पत्रकार राजिव खत्री, सञ्चारकर्मी तथा समाजसेवी पुण्य गौतमलगायतले मन्तब्य राख्नुभएको थियो ।

संस्थाका अध्यक्ष ओम प्रसाद उप्रेतीले समाजका राम्रा मान्छेलाई गोलवद्ध गरेर सामाजिक क्षेत्रमा उल्लेखनीय काम गरेको हुनाले उनीहरुको कामलाई समर्थन गर्न आफू सहभागी भएको बताउनुभयो । यस्तै उहाँले अभियानका कामहरूमा संचार क्षेत्रले पनि प्रचारप्रसार गरि सकारात्मक समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रमको अवसरमा विभिन्न अवार्ड प्रदान तथा सम्मान गरिएको छ । उत्कृष्ट जिल्ला अवार्डबाट मकवानपुर जिल्ला सम्मानित भएको छ । उत्कृष्ट नगरपालिका अवार्डबाट गोकर्णेश्वर नगरपालिका सम्मानित भएको छ । मकवानपुर जिल्ला अध्यक्ष पदम प्रसाद सेढाई (मिलन) र गोकर्णेश्वर नगर कार्य समितिका अध्यक्ष कृष्ण प्रसाद चौलागाईलाई कार्यक्रमका प्रमुख अतिथि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले अवार्ड प्रदान गर्नुभएको थियो ।
यस्तै सिएफएन हिरोको रुपमा मकवानपुर जिल्ला अध्यक्ष पदम प्रसाद सेढाई (मिलन) सम्मानित हुनुभएको छ ।
स्वास्थ्य र शिक्षा क्षेत्रमा गर्नुभएका योगदानको कदर गर्दै संस्थाका स्वास्थ्य संयोजक डा. सुवास घिमिरेलाई मानार्थ सदस्यता प्रदान गरिएको छ । यस्तै, नायक लिखिल उप्रेती, रमेश उप्रेती, नायिका संचिता लुईटेल, कलाकार निर्मल शर्मालाई पनि प्रदान गरिएको छ । संस्थाका सचिव विष्णुमणी भण्डारी, कोषाध्यक्ष दिर्घराज भट्टराई र प्रवक्ता हिरण्यराज उप्रेतीलाई पनि सम्मान गरिएको छ ।
यस्तै, पत्रकार राजिव खत्री, मेघराज पहाडी, शौरभ ढुंगेल, कुर्मराज आचार्य, सुमित रजक, पुण्य गौतमलाई पनि सम्मान गरिएको छ । अध्यक्ष ओम प्रसाद उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष राहुल कौशलले स्वागत मन्तब्य राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन बेलिना थापाले गर्नुभएको थियो ।
कार्यक्रममा कलाकार, पत्रकार, संस्थाका पदाधिकारी, सदस्यहरु, जिल्ला, नगरका अध्यक्ष, पदाधिकारी, आजीवन सदस्य, साधारण सदस्य, स्वयंसेवकलगायतको उपस्थिति थियो ।

Leave a comment