गोकर्णेश्वरमा एक दिने प्राथमिक उपचार तालिम सम्पन्न

गोकर्णेश्वर नगर कार्य समिति र ग्लोबल ब्रिज स्कुल नेटवर्कको संयुक्त आयोजनामा असोज १७ गते शनिबार लालीगुराँस पार्टी भन्यु गोकर्णेश्वर ५ गगन नगर ,जोरपाटीमा एक दिने प्राथमिक उपचार तालिम सफलतापूर्वक सम्पन्न भएको छ ।
उक्त तालिममा ‘योगदान राष्ट्रको लागि’ अभियानका केन्द्रीय अध्यक्ष एवं अन्तर्राष्ट्रिय प्रशिक्षक श्री ओम उप्रेती ज्युले प्रशिक्षण दिनुभएको थियो । गोकर्णेश्वर नगर कार्य समिति परिवार,  ग्लोबल ब्रिज स्कुल नेटवर्क परिवार ,केन्द्रीय समितिका उपाध्यक्ष श्री दिर्घ राज भट्टराई ज्यु , केन्द्रीय सदस्य तथा केन्द्रीय कार्यालय प्रमुख श्री केशव प्रसाद दंगाल ज्यु ,केन्द्रीय सदस्य श्री लक्ष्मी बराल ज्युको विशेष उपस्थिति रहेको थियो ।
तालिमका क्रममा आपतकालीन अवस्थामा गर्नुपर्ने प्राथमिक उपचार, जीवन रक्षाका उपायहरू तथा व्यावहारिक सीपबारे सहभागीहरूलाई प्रत्यक्ष अभ्याससहित जानकारी गराइएको थियो ।

 

Screenshot
Screensh

 

Leave a comment