योगदान राष्ट्रको लागि को छैटौं बार्षिक साधारण सभा भब्यताका साथ सम्पन्

योगदान राष्ट्रको लागि छैटौं बार्षिक साधारण सभा आज ए वान क्याफे चाबहिल काठमाडौंमा भब्यताका साथ सम्पन्न भएको छ ।
केन्द्रीय अध्यक्ष एवं अन्तराष्ट्रिय प्रशिक्षक श्री ओम उप्रेती ज्यू को अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय विपद् जोखिम न्यूीनकरण तथा व्यवस्थापन प्राधिकारणका कार्यकारी प्रमुख श्री डा. धर्मराज उप्रेती ज्यूको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि उप्रेती ज्यूले जलावायु परिवर्तनले नेपालमा धेरै असर पुर्याएको अवस्थामा योगदानले गरेको भूमिका सराहनीय रहेको बताउनुभयो । आउँदा दिनहरुमा योगदानले विपद् क्षेत्रलाई केन्द्रीत गरी त्यही स्तरको जनशक्ति र स्रोतसाधनको व्यवस्थापन गरेर अघि बढेमा यसले अन्तराष्ट्रिय संस्थाको रुपमा मान्यता पाउन सक्ने सम्भावना रहेको कुरा बताउनुभयो ।
कार्यक्रममा चर्चित नायक श्री रमेश उप्रेती ज्यू, प्रमुख सल्लाहकार श्री श्याम कँडेल ज्यू, योगदानको अन्तराष्ट्रिय सल्लाहकार, सामाजिक व्यक्तित्व तथा आर्थिकदाता श्री कृष्ण प्रसाद भट्टराई ज्यू, ओम समाज डेन्टल हस्पिटलका अध्यक्ष एवं योगदान राष्ट्रको लागि स्वास्थ्य सल्ल्लाहकार श्री डा. सुवास घिमिरे ज्यू, बरिष्ठ समाजसेवी श्री चन्द्र प्रसाद सापकोटा ज्यू, पूर्व सुरक्षाकर्मी परिषद्का संरक्षक, राष्ट्रिय सेवा दलका पूर्व कार्यकारी महानिर्देशक तथा आजीवन सदस्य श्री सुरेश कुमार कार्की ज्यू, समाजसेवी श्री रामेश्वरजङ केसी ज्यू, लायन्स क्लब अफ काठमाडौं युरेका अध्यक्ष श्री सविन गड्तौला ज्यू, वैदेशिक रोजगार बोर्ड कार्यकारी निर्देशक श्री डा. द्धारिका उप्रेती ज्यू, नवजिवन परोपकार बृद्धाआश्रम अध्यक्ष तथा समाजसेवी श्री दुर्गानाथ दाहाल ज्यू, कलाकार श्री शंकर आचार्य ज्यू, पत्रकार श्री ऋषि थपलिया ज्यू, अन्तराष्ट्रिय नेपाली साहित्यिक समाज, नेपाल च्याप्टरका श्री इन्दिरा ढकाल ज्यूलगायतको विशेष उपस्थिति रहेको थियो ।
कार्यक्रमको अवसरमा संस्थाले विभिन्न व्यक्तिलाई सम्मान प्रदान गरेको छ । संस्थाले योगदानको अन्तराष्ट्रिय सल्लाहकार, सामाजिक व्यक्तित्व तथा आर्थिकदाता श्री कृष्ण प्रसाद भट्टराई ज्यू र बरिष्ठ समाजसेवी श्री चन्द्रप्रसाद सापकोटा ज्यूलाई मानार्थ सदस्यद्धारा सम्मान गरेको छ । उहाँहरुलाई दोसल्ला र सम्मानपत्रसहित सम्मान गरिएको हो । यस्तै प्रमुख सल्लाहकारश्री श्याम कँडेल ज्यू लाई उहाँको योगदानलाई उच्च कदर गर्दै दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको छ । यस्तै, हाइड्रो व्यवसायी तथा समाजसेवी श्री मोहन विक्रम कार्की ज्यूलाई सम्मान पत्र र दोसल्ला सहित सम्मान गरिएको छ ।
कार्यक्रममा सिएफन हिरोबाट २ जनालाई अवार्ड प्रदान गरिएको छ । एक बर्षभित्रमा गरिएको उत्कृष्ट कार्यलाई मध्यनजर गर्दै महिलाबाट चन्द्रागिरी नगर समितिका अध्यक्ष श्री जीनमाया चापागाई ज्यू र पुरुषबाट केन्द्रीय सदस्य श्री दुर्गाप्रसाद राई ज्यूलाई सो सम्मान प्रदान गरिएको हो । यसैगरी उत्कृष्ट पालिकाको रुपमा रत्ननगर समिति चितवनलाई र उत्कृष्ट पालिका अध्यक्षको रुपमा काठमाडौं महानगर समितिका अध्यक्ष श्री दिनेश रुवाली ज्यूलाई सम्मान प्रदान गरिएको छ । कार्यक्रममा सम्पूर्ण केन्द्रीय सदस्य ज्यूहरुलाई ३ बर्षे कार्यकाल सफलतापूर्वक सम्पन्न गर्नुभएकोमा सम्मान गरिनुका साथै आजीवन सदस्यलाई सम्मान, विभिन्न संघसंस्था, विद्यालय तथा व्यक्तिहरुलाई समेत सम्मान गरिएको थियो । कार्यक्रमकै अवसरमा बाल कलाकारहरु श्री आदित्य भट्टराई ज्यू र श्री दिलीजा रुवाली ज्यूले सांगितिक प्रस्तुती दिनुभएको थियो ।
कार्यक्रममा स्वागत मन्तब्य संस्थाका केन्द्रीय उपाध्यक्ष श्री राहुल कौशल ज्यू ले राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन केन्द्रीय प्रवक्ता श्री हिरण्यराज उप्रेती ज्यू र श्री बेलिना थापा ज्यू ले गर्नुभएको थियो ।

Leave a comment