योगदान राष्ट्रको लागि संस्थाले बनेपा नगरपालिकामा समिति गठन सम्पन्न भएको छ । मिति २०८३ साल असोज ३ गते शनिबार योगदान राष्ट्रको लागि केन्द्रीय कोषाध्यक्ष श्री दिर्घराज भट्टराई ज्यू ,र केन्द्रीय प्रवक्ता श्री हिरण्य राज उप्रेती ज्यूको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रमले सामाजिक सेवाको क्षेत्रमा नयाँ उर्जा थपेको छ । नवगठित बनेपा नगर समितिमा सदस्यीय र कार्यसमिति गरी ९ सदस्यीय समिति चयन गरिएको छ ।
कार्य समितिको अध्यक्षमा सुभाष के।सी, उपाध्यक्षमा ज्ञानी श्रेष्ठ,सचिवमा नवीन बडाल, कोषाध्यक्षमा गार्गी बस्नेत चयन हुनुभएको छ । सदस्यहरुमा प्रेमजित भैल, सुभाष के।सी, गणेश रोकाया, सुनिता खत्री र सन्तोष दहाल चयन हुनुभएको छ
