योगदान राष्ट्रको लागि काठमाडौं महानगर समितिको आयोजनामा सडक पेटिका तथा घरविहिन व्यक्तिहरुलाई निःशुल्क भोजन वितरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।
यस कार्यक्रम साउन १७ गते आइतबारका दिन राति ८ः०० बजेदेखि १२ः०० बजेसम्म सञ्चालन गरिएको थियो ।
यस अभियानमार्फत चाबहिल, बौद्ध, जोरपाटी, पशुपति क्षेत्र, गौशाला, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, सिनामंगल, नयाँ बानेश्वर, मैतीदेवी, कमलपोखरी, नक्साल, भाटभटेनीदेखि हाँडीगाउँसम्म पुगेर करिब ७०–८० जना बेवारिसे बुवा–आमा, दाजुभाइ तथा दिदीबहिनीहरूलाई भोजन गराउने कार्य सम्पन्न गरिएको थियो ।
कार्यक्रममा काठमाडौं महानगर समितिका अध्यक्ष श्री दिनेश रुवाली ज्यू, उपाध्यक्ष श्री अमिता अधिकारी ज्यू, सचिव श्री डोलराज न्यौपाने ज्यू, श्री कोषाध्यक्ष बिजना त्रिताल ज्यू, सदस्यहरु श्री दुर्गा भुजेल ज्यू, श्री रमेशराज अधिकारी ज्यू, श्री गोविन्द कार्की ज्यू , श्री बिना बुढाथोकी ज्यू लगायतको उपस्थिति रहेको थियो ।


