योगदान राष्ट्रको लागि रत्ननगर नगर समितिद्धारा आधारभूत प्राथमिक उपचार तालिम तथा फेलोशिप कार्यक्रम सम्पन्न

योगदान राष्ट्रको लागि रत्ननगर नगर समिति चितवनले आधारभूत प्राथमिक उपचार तालिम तथा फेलोशिप कार्यक्रम सम्पन्न गरेको छ । असार १३ गते शनिबारका दिन कंकाली पिकनिक स्पोर्टमा बनभोज, आधारभूत प्राथमिक उपचार तालिम तथा फेलोशिप कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा योगदान राष्ट्रको लागि केन्द्रीय सदस्य रामहरी लम्सालले संस्थाको बारेमा जानकारी गराउनुभएको थियो । संस्थाले पालिका–पालिकामा समिति बनाई प्राथमिक उपचार सम्बन्धी जनचेतना तथा तालिम र अन्य सामाजिक काम गर्दै आएको जानकारी गराउनुभयो ।

कार्यक्रममा केन्द्रीय सदस्य लम्साल, रत्ननगर नगर समितिका अध्यक्ष विरन्जना सापकोटाले हृदयघात, नाकबाट रगत बगेमा, सर्पले टोकेमा, बेहोस भएमा गर्नुपर्ने प्राथमिक उपचारको बारेमा प्रशिक्षण दिनुभएको थियो ।

Leave a comment