योगदान राष्ट्रको लागि खैरहनी नगर समितिको अध्यक्षमा भुवन पाठक निर्वाचित

योगदान राष्ट्रको लागि खैरहनी नगर समितिको अध्यक्षमा भुवन पाठक सर्वसम्मत चयन हुनुभएको छ । छैटौं योगदान दिवसको अवसरमा जेठ २९ गते शुक्रबार सम्पन्न चौथों वार्षिक साधारण सभा एवम् दोस्रो अधिवेशनबाट भुवन पाठकको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरिएको हो ।

समितिको उपाध्यक्षमा सीता आचार्य उप्रेती, सचिवमा रोजीना डल्लाकोटी , कोषाध्यक्षमा हिमा बि. क., सहसचिवमा कोपिला दुवाडी, सदस्यमा केशव वस्ताकोटी, टंक दुवाडी, पुरेन्द्र प्रसाद डल्लाकोटी, सुलोचना परियार, सज्जु गजुरेल र खिन माया ओझा सर्वसम्मत चयन हुनुभएको छ ।

शुक्रबार सम्पन्न अधिवेशनबनट जनचेतना एवम् तालिम उपसमिति संयोजकमा शिला अधिकारी उप्रेती र प्रचारप्रसार उपसमितिको संयोजकमा पुष्पा कंडेल चयन हुनुभएको छ । कार्यक्रम बालकृष्ण उप्रेतीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Leave a comment