छैटौं योगदान दिवसमा निजगढमा प्राथमिक उपचार सम्बन्धी प्रशिक्षण

छैटौं योगदान दिवसको अवसरमा बाराको निजगढमा प्राथमिक उपचार सम्बन्धी प्रशिक्षण गरिएको छ ।

निजगढ नगर समितिको आयोजनामा जेठ २९ गते शुक्रवार जनकल्याण आधारभूत विद्यालय निजगढ ४ सहिद हिरालाल पार्क नजिकै कार्यक्रम गरिएको हो । कार्यक्रममा केन्द्रीय सदस्य रामकृष्ण घिमिरेले प्रशिक्षण दिनुभएको थियो ।

नगर समिति अध्यक्ष महेश्वर अधिकारीको अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक मधुसुदन अधिकारी, विद्यालयका शिक्षक, विद्यार्थीहरुको सहभागिता थियो ।

Leave a comment