योगदान राष्ट्रको लागि संस्थाले धादिङको त्रिपुरासुन्दरी गाउँपालिका १ सल्यानटार, नरसिंहाधाममा करिव ३ लाख पचास हजार रुपैयाँ बराबरको स्वास्थ्य सामग्री बितरण गरिएको छ । श्री नरसिंहधाम विकास संरक्षण मूल समितिको आयोजनामा जेठ १ गतेदेखि ३० गतेसम्मका लागि सञ्चालित पुरुषोक्तम महामहोत्सवमा संस्थाले सहयोग गरेको हो । मिति २०८३ साल जेठ ८ गते शुक्रवारका दिन त्रिपुरासुन्दरी गाउँपालिका १ सल्यानटार धादिङमा आयोजना गरिएको महामहोत्सवमा योगदान राष्ट्रको लागि केन्द्रीय सदस्य राम हरी लम्साल, अमृत ओझा, खेम राज उप्रेती, आजीवन सदस्य नवराज उप्रेतीलगायतले नरसिंहधामका मुख्य पुजारीलाई सामग्री हस्तान्तरण गर्नुभएको हो ।
