धादिङको बेनीघाट रोराङ गाउँपालिकाका सबै वडाका घरघरमा एक घर, एक प्राथमिक उपचार सम्बन्धी जनचेतना तथा तालिम सम्पन्न भएको छ । योगदान राष्ट्रको लागि संस्था र बेनीघाट रोराङ गाउँपालिकाबीच बेनीघाट रोराङ गाउँपालिकाको घर परिवारमा एक घर, एक प्राथमिक उपचार सम्बन्धी तालिम सञ्चालन गर्ने भनि भएको सम्झौता अनुसार कार्यक्रम सम्पन्न भएको छ । दुई चरणमा सञ्चालन गरिएको कार्यक्रममा १ हजार ६ सय ७६ जना सहभागि भएका छन् । मिति २०८२ साल माघ २२ गते शुभारम्भ गरिएको कार्यक्रम मिति २०८३ साल बैशाख २८ गते सम्पन्न भएको हो । पहिलो चरणको कार्यक्रम माघ २२ देखि २५ गतेसम्म सञ्चालन भएको थियो । जसमा ६ सय ५ जना सहभागि थिए ।
पहिलो चरणमा वडा नं. ३, ४, ५, ६, र ७ का घरघरमा सञ्चालन भएको थियो । पहिलो चरणमा प्रमुख प्रशिक्षक ओम उप्रेतीको प्रशिक्षणमा र सहजकर्ता खेमराज उप्रेती, पदम प्रसाद उप्रेती, रामहरी लम्साल, डा. खगेन्द्र ओली, शैलेन्द्र विष्ट, अमृत ओझा, दिनेश रुवाली, दीर्घराज भट्टराई, बसन्त राना, सरोज विष्ट, पशुपति राज त्रिपाठी, दुर्गाप्रसाद राईको सहजीकरणमा तालिम सम्पन्न भएको हो ।
दोस्रो चरणको कार्यक्रम मिति २०८३ साल बैशाख २५ देखि २८ गतेसम्म सञ्चालन भएको थियो । कार्यक्रममा १ हजार ७१ जना सहभागि भएका थिए । दोस्रो चरणमा वडा नं. १, २, ५, ८, ९ र १० का घरघरमा तालिम सञ्चालन गरिएको थियो । दोस्रो चरणमा दीर्घराज भट्टराई, हिरण्यराज उप्रेती, राजकुमार विसुराल, दुर्गाप्रसाद राई, रामहरी लम्साल, शैलेन्द्र विष्ट, रामचन्द्र कँडेल, पदम प्रसाद उप्रेती, अमृत ओझा, दिनेश रुवाली, खेमराज उप्रेती, पशुपतिराज त्रिपाठी, अमिता धिकारी, बेलिना थापा, पदम प्रसाद सेडाई, रामकृष्ण घिमिरे, भावना सुनुवार, शैलेन्द्र विष्ट, महेश्वर अधिकारी, संगिता कार्की, ललिता अर्याल, शर्मिला थापाको सहजीकरणमा कार्यक्रम सम्पन्न भएको हो ।
















