योगदान राष्ट्रको लागि विदुर नगर समिति गठन सम्पन्न

योगदान राष्ट्रको लागि संस्थाले नुवाकोटको विदुर नगरपालिकामा समिति गठन गरेको छ । मिति २०८३ साल बैशाख २७ गते योगदान राष्ट्रको लागि अभियानको सञ्जाल विस्तार गर्ने क्रममा विदुर नगरपालिका वडा नं. २ मा नगर समिति गठन कार्य सफलतापूर्वक सम्पन्न भएको हो । चन्द्रागिरि नगर समितिको विशेष सक्रियता र आयोजनामा सम्पन्न उक्त कार्यक्रमले सामाजिक सेवाको क्षेत्रमा नयाँ उर्जा थपेको छ । नवगठित विदुर नगर समितिमा ११ सदस्यीय कार्यसमिति र ६ सदस्यीय सल्लाहकार समिति चयन गरिएको छ ।
कार्य समितिको अध्यक्षमा रमेश विश्वकर्मा, उपाध्यक्षमा अच्युत्म आचार्य, सचिवमा सुसन श्रेष्ठ, कोषाध्यक्षमा सिता देवी खड्का चयन हुनुभएको छ । सदस्यहरुमा संस्कार डंगोल, अन्तिग श्रेष्ठ, अबिषेक श्रेष्ठ, प्रतिक डंगोल, सम्वृद्धि तिखत्री, अबिरल डंगोल र राज डंगोल चयन हुनुभएको छ ।
प्रमुख सल्लाहकारमा वडा अध्यक्ष दिपक कायस्थ, सल्लाहकारमा कुशबहादुर डंगोल, रामहरी आचार्य, कार्यपालिका सदस्य सबु मिजार, वडा सदस्य आनन्द लाल श्रेष्ठ र अनमी अम्बिका श्रेष्ठ चयन हुनुभएको छ ।

Leave a comment