मिति २०८३ साल बैशाख १२ गते शनिबारका दिन धनुकटा जिल्लाको धनकुटा नगरपालिका वडा नम्बर ७ परिचयमोडमा भएको भेलाबाट योगदान राष्ट्रको लागि धनकुटा नगर समिति गरिएको छ । संस्थाका केन्द्रीय सदस्य श्री प्रकाश निरौला ज्यूको संयोजकत्वमा बसेको बैठकले संगीता श्रेष्ठ ज्यूको अध्यक्षतामा ७ सदस्यीय धनकुटा नगर समिति गठन गरेको हो । समितिको सचिवमा श्री भुवन भण्डारी ज्यू, कोषाध्यक्षमा श्री विश्व भण्डारी ज्यू रहनुभएको छ । सदस्यहरूमा श्री संगीता श्रेष्ठ ज्यू, श्री लिजा श्रेष्ठ ज्यू, श्री सुलोचना श्रेष्ठ ज्यू र श्री शकुन्तला लिम्बु ज्यू रहनुभएको छ । त्यसैगरी तीन सदस्यीय सल्लाहकार समिति पनि गठन गरिएको छ । जसमा संयोजकमा श्री ठाकुर बराल ज्यू र सदस्यहरूमा श्री भीम मगर ज्यू र श्री राम श्रेष्ठ ज्यू रहनुभएको छ । सोही बैठकले वैशाख महिनाभित्रै तालिम सञ्चालन गर्ने, सदस्यहरु थप गर्ने निर्णय समेत गरेको छ ।
