योगदान राष्ट्रको लागि इटहरी उपमहानगर समिति सुनसरीको सहकार्य र इटहरी उपमहानगरपालिका वडा नम्बर ४ स्थित इन्खा एकीकृत अस्पताल प्रा.लि. को आयोजनामा उक्त अस्पतालमा प्राथमिक उपचार सम्बन्धी १ दिने तालिम सम्पन्न भएको छ । नयाँ वर्षको दिन २०८३ बैशाख १ गते मंगलबार शान्ति सृजना टोल विकास संस्थाका अध्यक्ष डम्बर बराइलीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा उपमहानगर समितिका अध्यक्ष एवं अस्पतालका अध्यक्ष डा. खगेन्द्र ओली ज्यूले प्राथमिक उपचार सम्बन्धी प्रशिक्षण दिनुभएको थियो । उहाँले सर्पले टोकेमा, नाकबाट रगत बगेमा लगायतको अवस्थामा गरिने प्राथमिक उपचार बारे जानकारी गराउनुभएको थियो । उक्त कार्यक्रममा फिजियोथेरापी र योगा सम्बन्धि बिधिबाट कसरी उपचार गरिन्छ भनेर चर्चा गर्नुका साथै मोबाइल प्रयोग गर्ने तरिका बारे प्रशिक्षण दिइएको थियो । कार्यक्रममा समाजसेवी रमेश खत्री, पुष्प खड्का तथा पत्रकार अर्जुन शर्मालगायतको उपस्थिति थियो ।
