योगदान राष्ट्रको लागि रत्ननगर समिति चितवनको आयोजना र रत्ननगर नगरपालिका वडा नं. १५ को सहयोग तथा समन्वयमा माघ १८ र १९ गते माधवपुर माविको सभाहलमा सीपीआर तथा प्राथमिक उपचार सम्बन्धी २ दिने तालिम सम्पन्न भएको छ । तालिममा योगदानको केन्द्रीय अध्यक्ष एवं अन्तराष्ट्रिय प्रशिक्षक ओम उप्रेतीले प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा वडा नं. १५ का अध्यक्ष आशिक तामाङको प्रमुख आतिथ्यता थियो ।
कार्यक्रमकै अवसरमा प्राथमिक उपचार तालिम लिएका बालबालिकाहरुमध्येबाट २१ सदस्यीय बाल सञ्जाल गठन गरिएको रत्ननगर समितिका अध्यक्ष विरन्जना घिमिरे सापकोटाले बताउनुभयो ।
