रत्ननगर महोत्सवमा प्राथमिक उपचार केन्द्र सञ्चालन

चितवनमा सञ्चालित रत्ननगर महोत्सवमा प्राथमिक उपचार केन्द्र स्थापना गरिएको छ । योगदान राष्ट्रको लागि रत्ननगर नगर समितिले महोत्सव स्थलमा केन्द्र स्थापना गरेको हो । पुस २५ गतेदेखि माघ ५ गतेसम्म सञ्चालन हुने महोत्सवमा प्राथमिक उपचारको आवश्यकता पर्ने कुरालाई मध्यनजर राखि केन्द्र स्थापना गरिएको हो । केन्द्रबाट प्राथमिक उपचार सेवा दिइएको छ । प्राथमिक उपचार सम्बन्धि जनचेतना पनि दिइएको समितिका अध्यक्ष विरन्जना घिमिरे सापकोटाले बताउनुभयो ।

 

Leave a comment