योगदान राष्ट्रको लागि बराहक्षेत्र नगर समिति (सुनसरी) गठन सम्पन्न

योगदान राष्ट्रको लागि बराहक्षेत्र नगरपालिका समिति (सुनसरी) को समिति गठन कार्यक्रम सम्पन्न भएको छ । असोज ७ गते भएको भेलाबाट श्री युवराज भट्टराई ज्युको अध्यक्षतामा समिति गठन गरिएको हो ।

उपाध्यक्षमा श्री फडिन्द्र अधिकारी झटारे ज्यु, सचिवमा श्री नविन खनाल ज्यु, कोषाध्यक्षमा श्री जानुका आचार्य ज्यु चयन हुनुभएको छ । सदस्यहरुमा श्री पंकज कुमार गुप्ता ज्यु, श्री राजन कटवाल ज्यु रहनुभएको छ ।

कार्यक्रममा प्रमुख अतिथिको रूपमा केन्द्रीय अध्यक्ष श्री ओम उप्रेती ज्यू उपस्थितिमा केन्द्रीय सदस्य श्री प्रेम गौतम ज्यू, श्री संयोग ढकाल ज्यू, श्री पुष्पा ढुंगाना ज्यु एवं ईटहरी समिति अध्यक्ष श्री खगेन्द्र ओलि ज्यु को उपस्थिति रहेको थियो ।

 

Leave a comment