योगदान राष्ट्रको लागि सुन्दरहरैँचा नगर समिति गठन सम्पन्न

योगदान राष्ट्रको लागि सुन्दरहरैँचा नगर समिति मोरङको अध्यक्षमा श्री सुष्मा थापा ज्यू लाई सर्वसम्मत रुपमा मनोनित गरिएको छ । असोज ६ गते सोमवार सुन्दरहरैँचा वडा नं. ४ को भवनमा भएको सुन्दरहरैँचा नगर समिति पुनर्गठन कार्यक्रममार्फत समिति चयन गरिएको हो । समितिको उपाध्यक्षमा श्री प्रतिमा निरौला ज्यु रहनुभएको छ । सदस्यहरुमा श्री सुमन लुइँटेल ज्यु, श्री सावित्रा ढकाल ज्यु, श्री गोविन्द कार्की ज्यु चयन हुनुभएको छ । समितिको प्रमुख सल्लाहकारमा श्री दुर्गा गुरागाई ज्यु चयन हुनुभएको छ । सल्लाहकारमा श्री रबिन फुयल ज्यु र श्री मदन भण्डारी ज्युलाई चयन गरिएको छ । कार्यक्रममा प्रमुख अतिथिको रूपमा केन्द्रीय अध्यक्ष श्री ओम उप्रेती ज्यू, अतिथिहरुमा केन्द्रीय सदस्य श्री निरोद सुवेदी ज्यू, श्री प्रेम गौतम ज्यू, श्री संयोग ढकाल ज्यू, श्री मदन भण्डारी ज्यु, रबिन फुयाल ज्यु को उपस्थिति रहेको थियो ।

Leave a comment