योगदान राष्ट्रको लागि धरान उपमहानगर समितिको अध्यक्षमा श्री सुनीता श्रेष्ठ ज्यू लाई सर्वसम्मत रूपमा मनोनित गरिएको छ । असोज ६ गते सोमबार धरान १८ बुद्धचोक, लुलु होटलमा भएको भेलाबाट श्रेष्ठको अध्यक्षतामा समिति गठन गरिएको हो ।
समितिको उपाध्यक्षमा लक्ष्मी प्रधान, सचिवमा नगेन्द्र गहतराज, कोषाध्यक्षमा सिता राई चयन हुनुभएको छ । सदस्यहरुमा पुष्पा कटुवाल, अन्जली शाह, दुर्गा कार्की, मिना राई, रिता खापुङ, निर्मला शिवाकोटी रहनुभएको छ ।
समितिको प्रमुख सल्लाहकार अधिवक्ता सन्देश विडानीलाई चयन गरिएको छ । संस्थाका केन्द्रीय अध्यक्ष श्री ओम उप्रेती ज्यू को प्रमुख आतिथ्यमा भएको कार्यक्रममा केन्द्रीय सदस्य श्री निरोद सुवेदीज्यू, श्री प्रेम गौतम ज्यू र श्री संयोग ढकाल ज्यू, पुष्प ढुंगाना ज्यु ईटहरी नगर अध्यक्ष खगेन्द्र ओली ज्यु, उपाध्यक्ष फडिंद्र प्रसाद दहाल ज्यु को उपस्थिति रहेको थियो ।

