बेथानचोक गाउँपालिकामा एक दिने प्राथमिक उपचार तालिम सम्पन्न

योगदान राष्ट्रको लागि संस्थाको आयोजनामा काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकामा एक दिने प्राथमिक उपचार तालिम सम्पन्न भएको छ ।
मिति २०८२ असोज ५ गते आइतबारका दिन गाउँपालिकाको हलमा कार्यक्रम सञ्चालन गरिएको हो । योगदान राष्ट्रको लागि बेथानचोक गाउँपालिका अध्यक्ष श्री सुन्दर तिमल्सिना ज्यु को अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका केन्द्रीय अध्यक्ष, अन्तर्राष्ट्रिय प्रशिक्षक श्री ओम उप्रेती ज्यु ले प्राथमिक उपचार सम्बन्धि प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा बेथानचोक गाउँपालिका उपाध्यक्ष श्री तारा राना ज्यु, वडा नम्बर २ का वडा अध्यक्ष श्री पुरुषोक्तम तिमल्सिना ज्यु लगायतले मन्तब्य राख्नुभएको थियो । कार्यक्रममा योगदान राष्ट्रको लागि केन्द्रीय कोषाध्यक्ष श्री दीर्घराज भट्टराई ज्यु, प्रवक्ता श्री हिरण्यराज उप्रेती ज्यु, केन्द्रीय सदस्य श्री रमिला श्रेष्ठ ज्यु, काठमाडौं महानगर समिति अध्यक्ष श्री शर्मिला उप्रेती ज्यु, सदस्य श्री मधु पोखरेल ज्यु, सदस्य श्री सचि पोख्रेल ज्यु, समाजसेवी श्री रामप्रसाद तिमल्सिना ज्यु लगायतको उपस्थिति थियो ।
बेथानचोक गाउँपालिका समिति गठन भएपछि औपचारिक रुपमा पहिलो पटक यो कार्यक्रम गरेको हो । समितिले विभिन्न सामाजिक कार्यमा अग्रसरता देखाउँदै समाजको लागि काम गर्दै आएको छ ।

Leave a comment