योगदान राष्ट्रको लागिको आगामी कार्यक्रम तालिका सार्वजनिक

चर्चित सामाजिक संस्था योगदान राष्ट्रले लागि ले आफ्नो आगामी कार्यक्रम सार्वजनिक गरेको छ ।
संस्थाले भदौ ६ गतेदेखि असोज ५ गतेसम्म विभिन्न जिल्लामा सञ्चालन गरिने प्राथमिक उपचार तालिम कार्यक्रम सार्वजनिक गरेको हो । अभियानका परिकल्पनाकार केन्द्रीय अध्यक्ष ओम उप्रेतीका अनुसार भदौ २६ गते काठमाडौंको चन्द्रागिरी नगरपालिकामा एक दिने प्राथमिक उपचार तालिम सञ्चालन गरिनेछ ।
भदौ २७ गते काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकामा तालिम सञ्चालन गरिनेछ । भदौ २८ गते मोरङ जिल्लामा समिति गठन तथा जनचेतना कार्यक्रम हुनेछ । भदौ २९ गते सुनसरीको इटहरीमा एक दिने तालिम सञ्चालन गरिने उहाँले बताउनुभयो ।
भदौ ३० बाराको निजगढ नगरपालिकामा एक दिने प्राथमिक उपचार तालिम, भदौ ३१ गते चितवनको रत्ननगर समिति एवं जनचेतना कार्यक्रम, असोज १ गते धादिङको बेनीघाट रोराङ गाउँपालिकामा एक घर, एक प्राथमिक उपचार तालिमको उद्धाटन कार्यक्रम हुनेछ । भदौ २ गते र ३ गते बेनीघाट रोराङ गाउँपालिकामा एक घर, एक प्राथमिक उपचार तालिम आयोजना गरिने संस्थाले जनाएको छ । असोज ४ र ५ गते काठमाडौंमा प्राथमिक उपचार तालिम आयोजना गरिने छ ।
“योगदान राष्ट्रको लागि” संस्था नेपलना प्राथमिक उपचार सम्बन्धी तालिम दिई देशमा आइपर्ने दैवी प्रकोप, महामारी, दुर्घटना, तथा आपतकालिन अवस्थाका लागि जनशक्तिको विकास गरी स्वतन्त्र स्वयंसेवक खादा गरेर परेको बेला समाजमा योगदान दिन गठित एक सामाजिक मुनाफा रहित जनहितकारी संस्था हो । यो संस्थाले कार्य सुरुवात २०७४ साल देखि गरेको र मिति २०७७ असोज पाँच गते कम्पनी रजिस्टारको कार्यालय तथा मिति २०७७/६/२२ गते समाज कल्याण परिषदमा आवद्ध भइ कार्य गर्दै आएको छ । गाउँ नै गाउँले भरिएको हाम्रो देश सबै बस्तीमा आधारभूत स्वास्थ्य सेवा पुग्न सकेको छैन, अधिकांश बस्तीहरुमा सवास्था चेतनाको कमि रहेको छ । यहि तथ्यलाई मध्यनजर गरि यूएईमा रहेको Discovery Royal Sports LLC कम्पनीका प्रवन्धक, निर्देशक, Dubai Corporation For Ambulance Services प्रशिक्षक तथा प्राथमिक उपचार तालिम सम्बन्धी अन्तराष्ट्रिय मान्यता प्राप्त लण्डनमा मुख्यालय रहेको हाइफिलबाट अन्तराष्ट्रिय प्रशिक्षकको तालिम लिएका ओम उप्रेती जी द्वारा २०७४ चैत १ गतेबाट यो अभियानको शुरु भएको हो । निशुल्क प्राथमिक उपचार तालिम अभियान, विदेशमा सिकेको सीप र ज्ञानलाई नेपाल र नेपालीहरुलाई समर्पित गर्ने सामाजिक सेवाभावले सञ्चिलत यो अभियान नेपालका सबै जिल्लामा पुर्याउने लक्ष रहेको छ ।

Leave a comment