योगदान राष्ट्रको लागि यूएई समितिद्वारा दुबईमा प्राथमिक उपचार तालिम सम्पन्न

योगदान राष्ट्रको लागि यूएई समितिको आयोजनामा दुबईमा प्राथमिक उपचार तालिम सम्पन्न भएको छ ।
हिमालयन ज्वेलरीको सहयोगार्थ तथा योगदान राष्ट्रको यूएई समितिको संयोजनमा तालिम सम्पन्न भएको हो । कार्यक्रममा योगदान राष्ट्रको लागि यूएई कार्य समितिका उपाध्यक्ष, सचिव, कोषाध्यक्ष, सदस्य एवं सल्लाहाकारहरुको उपस्थित रहेको थियो ।
कार्यक्रममा योगदान राष्ट्रका लागि अभियानका परिकल्पनाकार, केन्द्रिय अध्यक्ष ओम उप्रेतीले प्राथमिक उपचार सम्बन्धि प्रशिक्षण दिनुभएको थियो ।

Leave a comment