धनकुटाको धनकुटा नगरपालिका वडा नं. ७ मा रहेको तुलसी मेयर कलेजमा प्राथमिक उपचार सम्बन्धि तालिम सम्पन्न भएको छ ।
मिति २०८२ भदौ ६ गतेका दिन कार्यक्रम गरिएको हो । कार्यक्रममा विभिन्न दुर्घटनाहरुमा प्राथमिक उपचार कसरी गर्ने भन्ने सम्बन्धमा योगदान राष्ट्रको लागि केन्द्रिय सदस्य श्री प्रकाश निरौला ज्यु ले कलेजका विद्यार्थीहरू र प्राध्यापक ज्युहरु माझ प्रशिक्षण दिनुभएको थियो ।
भाईस प्रिन्सीपल श्री भुवन भण्डारी ज्यु प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा उहाँले आफ्ना भनाइहरु समेत राख्नु भएको थियो । कार्यक्रममा प्राथमिक उपचार तालिम सम्बन्धि जिज्ञासा र योगदान राष्ट्रको लागि अभियान बारे जानकारी दिनुभयो । पालिका स्तरीय समिति गठन बारेमा केन्द्रीय सदस्य निरौला ज्युले प्रष्ट पार्नु भएको थियो । साथै सो कार्यक्रममा धनकुटा नगरपालिकामा तदर्थ समिति गठन गर्ने बिषयमा छलफल गर्दै तत्काललाई संयोजकमा भुवन भण्डारी चयन गरिएको छ ।
