चितवन, भरतपुर ।
योगदान राष्ट्रको लागि भरतपुर महानगर समिति (चितवन) को अध्यक्षमा लक्ष्मी रिजाल सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
संस्थाका केन्द्रिय सदस्य एकराज बुर्लाकोटी र रितु गिरीको विशेष उपस्थितिमा एवं लक्ष्मी रिजालको संयोजकत्वमा साउन २५ गते आइतबार बसेको भेलाले लक्ष्मी रिजालको अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरिएको हो ।
समितिको उपाध्यक्षमा घनश्याम ढकाल, सचिवमा इन्दिरा बराल, कोषाध्यक्षमा सरस्वती ढुंगाना, सह–सचिवमा मिना पौडेल र सदस्यहरुमा पुरुषोत्तम पाठक, निर्मला पौडेल, आशा श्रेष्ठ, सुनिल कुवर सर्वसम्मत निर्वाचित हुनुभएको छ । कार्यक्रममा कानुनविद् के.एन सिलवाल, खैरहनी नगर समितिका सचिव भुवन पाठक, पूर्व जिल्ला सदस्य निरज शाहको समेत उपस्थिति रहेको थियो ।