योगदान राष्ट्रको लागि निजगढ नगर समितिको अध्यक्षमा सरस्वति चौलागाई चयन

योगदान राष्ट्रको लागि निजगढ नगर समिति (बारा) को अध्यक्षमा सरस्वति चौलागाई चयन हुनुभएको छ ।
मिति २०८२ साल साउन २५ गते आइतबारको दिन बारा जिल्ला निजगढ नगरपालिका वडा नं. ९ मिडिया प्रा.लि. हाउसमा योगदान राष्ट्रको लागि संस्थाको निजगढ नगर समिति गठन सम्बन्धमा भएको भेलाबाट चौलागाईको अध्यक्षतामा समिति गठन गरिएको हो ।
समितिको उपाध्यक्षमा शोभा पहरी, सचिवमा भावना सुनार, कोषाध्यक्षमा जानुका अधिकारी चयन गरिएको हो । सदस्यहरुमा गौरी ग्यावा, लक्ष्मी भण्डारी, आरती अधिकारी, ईन्दिरा कोईराला, तेज कुमारी लामा, संगिता दोगं, दिल कुमारी तिमल्सिना रहनुभएको छ ।
आमन्त्रितमा रामकृष्ण घिमिरे, महेश्वर अधिकारी, रामहरी खरेल, रामकृष्ण खड्का रहनुभएको छ ।
संस्थाका आजीवन सदस्य श्री रामकृष्ण घिमिरे ज्युको अध्यक्षतामा समिति चयन कार्यक्रम सम्पन्न भएको हो । समितिको पहिलो छलफलबाट समितिले विभिन्न गतिविधि संचालनका लागि निजगढ नगरपालिका नगर कार्यपालिका कार्यालयमा सूचिकरण गर्ने निर्णय गरेको छ ।

 

 

Leave a comment